stcnepal long ad
global ime bank long

जीवन बीमा गर्दा एक लाख रुपैयाँसम्मको कर छुट दिन बैंकर एसोसिएसनको सुझाव

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल बैंकर्स एसोसिएसनले व्यक्तिगत आयमा लाग्ने आभारभुत कर छुटको सीमा बढाउन सुझाव दिएको छ । आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटका लागि एसोसिएसनले दिएको सुझावमा अहिलेको आधारभूत कर छुटको सिमा थोरै भएकोले बढाउन सुझाव दिइएको हो ।

संघले आयकरमा छुटको सिमा वृद्धि गर्नको लागि सुझाव दिएको छ । संघको सुझावमा भनिएको छ ’व्यक्तिगत आयमा आधारभुत कर छुटको सीमा बढाउनु पर्ने ।

यसै गरी एक लाख सम्मको व्यक्तिगत जीवन बीमामा कर छुट गरिनुपर्नेस कर्मचारीले घरजग्गा खरिद गर्दा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जामा तिरेको ब्याज रकमलाई सिमा निर्धारण गरी कर योग्य आयबाट घटाउन पाइनु पर्ने: कर्मचारीको आफ्नो पहिलो दुई सन्तानको माध्यमिक स्तरसम्मको अध्ययन गर्नका लागि लाग्ने मासिक शुल्कको सिमा निर्धारण गरी करयोग्य आयबाट घटाउन पाउने लगायतका व्यवस्था गरिनु पर्ने ।’

अहिले अविवाहित व्यक्तिको वार्षिक ४ लाख रुपैयाँसम्म र विवाहित व्यक्तिको वार्षिक साढे ४ लाख रुपैयाँसम्मको आम्दानीमा १ प्रतिशत मात्रै आयकर लाग्छ ।

एसोसिएसनले यो सिमा बढाउन भने पनि बढाएर कति पुर्याउने भन्ने सुझाव दिएको छैन । तर, बैंक तथा वित्तीय संस्थाको संचालक समितिका अध्यक्षहरुको संस्था बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले दिएको सुझावमा भने आयरकको सिमा कम्तिमा पनि ८ लाख रुपैयाँ पुर्याउनु पर्ने सुझाव दिइएको छ ।

यस्तै, बैंकर्स एसोसिएसनले दिएको अर्थमन्त्रीलाई दिएको सुझावमा एक लाख रुपैयाँसम्मको व्यक्तिगत जीवन बीमामा कर छुट गरिनु पर्ने सुझाव दिइएको छ । अहिले २५ हजार रुपैयाँसम्म मात्रै छुट दिने व्यवस्था रहेको छ ।

IME Lifesidebar
kumari