stcnepal long ad
global ime bank long

सिभिल बैंकको खुरखुरे शाखाको उद्घाटन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सिभिल बैंकको खुरखुरे शाखाको उद्घाटन भएको छ । हालको कोरोना महामारीको संक्रमणलाई मध्यनजर गर्दै खुरखुरे शाखाको उद्घाटन गरेको हो ।

राप्ती नगरपालिका नगर प्रमुख प्रभा बरालले खुरखुरेमा वित्तीय पहुँच बृद्धि गर्नको साथै वित्तीय स्तर बढाउन टेवा पुर्‍याउने कुरा बताए ।

व्यापार व्यवसाय विस्तार तथा रोजगारी श्रृजनाका लागि अनुकुल वातावरणलाई प्रोहत्साहन गरेकोमा बैंकलाई धन्यवाद दिदै उक्त क्षेत्रका बासिन्दाहरुलाई आफुलाई आवश्यक पर्ने पुँजीको लागि बैंकबाट कर्जा लिई आफ्नो व्यवसाय विस्तार गर्न तथा आफुसंग भएको सानो सानो पुंजीलाई पनि बैंकमा राखी निर्धक्क भई ब्याज आर्जन गर्न आग्रह गरेको छ ।

उक्त समारोहका सभापति तथा सिभिल बैंकका प्रदेश २ नं का प्रमुख विश्वास अर्यालले बैंक भनेको आर्थिक समृद्धिको सहयात्री भएको र बैंकको सहभागिता बिना आर्थिक समृद्धि सम्भब नहुने बताए ।

सिभिल बैंकले यस क्षेत्रका सम्पुर्ण वचतकर्ता उद्दमी, व्यवसायी तथा स्थानियहरुलाई उच्चस्तरीय बैकिंग सेवा तथा सुविधा उपलव्ध गराउने प्रतिवद्धता जनाउँदै यस क्षेत्रको अर्थतन्त्र उकास्नको लागी साना तथा मझौला ब्यापार ब्यबसाय लगायत अन्य व्यक्तिगत कर्जाहरु जस्तै घरकर्जा, सवारी कर्जा, शैक्षिक कर्जा जस्ता क्षेत्रमा लगानी बढाउने बताए ।

करीव साढे पाँच लाख ग्राहकहरुलाई ११४ शाखाहरु, ९ एक्सटेन्सन काउन्टरहरु, ८९ एटियमहरु मार्फत सेवा प्रदान गरिरहेको छ । सिभिल बैंककोे हाल सम्म करीव ८९ अर्व रुपैयाँ निक्षेप परिचालन गरी करीव ८३ अर्व रुपैयाँ कर्जा लगानी गरी सकेको छ ।

IME Lifesidebar
kumari