stcnepal long ad
global ime bank long

पछिल्लो २४ घण्टामा २५५९ जनामा संक्रमण पुष्टि, ५ जनाको मृत्यु

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २५५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९६६४ नमूना परीक्षण गर्दा पीसीआरबाट ८७९८ र एन्टीजेनबाट ८६६ गरी जम्‍मा २५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ९४ हजार ६०१ पुगेको छ । पछिल्लो २४ घण्टामा ४१० जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७६ हजार ७५५ जना पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट ५ जनाको मृत्यु भएको छ ।

नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १२२ पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या १४ हजार ७२४ रहेको छ । यसमध्ये ५२ जना आईसीयूमा १७० तथा ५९ जना भेन्टिलेटरमा रहेका छन् ।

IME Lifesidebar
kumari