stcnepal long ad
global ime bank long

आर्थिक वर्ष २०७५/०७६ मा ८.८% ले घट्यो प्रत्यक्ष वैदेशिक लगानी

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । आर्थिक वर्ष २०७५/०७६ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानी ८.८५ ले कमी आएको नेपाल राष्ट्र बैंकले तथ्यांक सार्वजनिक गरेको छ ।

केन्द्रीय बैंकका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा १ खर्ब ८२ अर्ब ९२ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको थियो । जसमध्ये, चुक्ता पुँजीको अंश ४८.२५, रिजर्भको ४२.८% र कर्जाको अंश ९५ रहेको थियो ।

रिजर्भको अंश २७५ ले घटेपछि कुल प्रत्यक्ष वैदेशिक लगानीमा कमी आएको केन्द्रीय बैंकले जनाएको छ । यता, २०७६ असार मसान्तसम्म नेपालमा ५३ वटा देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ ।

सबैभन्दा बढी भारतबाट ५६ अर्ब ५ करोड रुपैयाँ बराबरको लगानी रहेको छ । नेपालमा भित्रिएको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५१.१% सेवा क्षेत्रमा र ४८.८% औद्योगिक क्षेत्रमा लगानी रहेको छ ।

IME Lifesidebar
kumari