stcnepal long ad
global ime bank long

एनआईसी एशिया क्यापिटल डिम्याट खाता १ घण्टामै खाल्ने सकिने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले विगत लामो समय देखि “एक नेपाली, एक डिम्याट खाता” अभियान संचालन गरि डिम्याट खाताको पहुँच आम जनता माझ पुराउने विभिन्न कार्यक्रम संचालन गरिरहेको छ ।

पछिल्लो समयमा कोरोना माहमारीको दोश्रो लहर फैलिने क्रम देखिएकोले, कोरोना संक्रमणबाट बच्न र समुदायमा फैलिन नदिन तथा उपत्यका बाहिरबाट डिम्याट खाता खोल्न साह्रै गाह्रो भएको भन्ने जनगुनासो बारम्बार सुनिएको हुँदा एन आई सी एशिया क्यापिटल लिमिटेडले उपत्यका बाहिरबाट अर्थात देशको सम्पूर्ण क्षेत्रबाट अनलाईन मार्फत सहजै रुपमा निःशुल्क डिम्याट खाता खोल्न सकिने व्यवस्था मिलाइएको छ ।

एन आई सी एशिया क्यापिटलले “एन आई सी एशिया अनलाईन डिम्याट सेवा” उपत्यका बाहिरबाट समेत संचालन गरेको उपलक्ष्यमा मिति २०७८ साल आषाढ मसान्तसम्म अनलाईन मार्फत डिम्याट खाता खोल्ने सम्पूर्ण ग्रहाकहरुलाई डिम्याट खाता नि–शुल्क उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।

अनलाईन मार्फत डिम्याट खाता खोल्नको लागि एन आई सी एशिया क्यापिटलको वेभसाइट www.nicasiacapital.com वा सोझै https://onlinedemat.nicasiacapital.com/#/ मा क्लिक गरि रितपुर्वक विवरण भरी उक्त विवरण पूर्ण समिट भएको १ घण्टा भित्र डिम्याट खाता नम्बर उपलब्ध गराईने बैंकले जनाएको छ।

साथै उक्त एक घण्टा भित्र सुविधा आइतबार देखि बिहीबार सम्म दिनको ४ बजे र शुक्रबार दिनको १ बजेसम्म उपलब्ध हुने व्यहोरा समेत अनुरोध छ ।

साथै, हालको व्यवस्था अनुसार डिम्याट खाता खोल्न स्वयंम व्यक्ति उपस्थित हुनुपर्ने भएको हुँदा अनलाईन मार्फत डिम्याट खाता खोल्नुहुने महानुभावहरुले खाता पूर्ण सबमिसन भएको मितिले १५ दिन भित्र एन आई सी एशिया क्यापिटल लिमिटेड वा आफुलाई पायक पर्ने कुनैपनि नजिकको एन आई सी एशिया बैंक लिमिटेडको शाखा कार्यालयमा संक्कल नागरिकता लिई स्वयंम उपस्थित हुनुपर्ने छ ।

छिटो, छरितो तथा ग्राहकमुखी सेवा दिंदै क्रमिक रुपमा लगानीकर्तामाझ लोकप्रिय बन्दै गइरहेको एन आई सी एशिया क्यापिटल लिमिटेडले हाल म्युचुअल फण्ड, शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्ध, शेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङ्ग तथा इन्भेष्टमेण्ट बैंकिङ्ग सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

IME Lifesidebar
kumari