citizens life insurance long ad
stcnepal long ad

एनसीसी बैंकको आज  चैत १३ गते शुक्रबारदेखि ऋणपत्र बिक्री खुला

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं ।  नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले आज  चैत १३ गते शुक्रबारदेखि ऋणपत्र बिक्री खुला गरेको छ । बैंकले ३० लाख युनिट (इकाई ) ऋणपत्र बिक्री खुला गरेको हो । यसमध्ये १८ लाख युनिट ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्नेछ ।

सामूहिक लगानी कोषलाई ५% अर्थात् ६० हजार युनिट छुट्याइएको छ । सर्वसाधारणले बाँकी ११ लाख ४० हजार युनिटका लागि आवेदन दिन सक्नेछन् । यस ऋणपत्रमा वार्षिक ९.५०% ब्याजदर पाइनेछ ।

बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न लागेको छ । न्यूनतम २५ इकाईदेखि अधिकतम ३ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । बैंकले १० वर्ष अवधिको ‘९.५०% एनसीसी ऋणपत्र २०८६’ नाममा ऋणपत्र जारी गर्न लागेको हो ।

बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गरेको छ । यो ऋणपत्रलाई रेटिङ एजेन्सी इक्रा नेपालले न्यून कर्जा जोखिम जनाउने ‘इक्रा एनपी एल ट्रिपल बि’ रेटिङ दिएको छ ।

यो ऋणपत्रमा छिटोमा चैत १८ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा आवश्यक मात्रामा बिक्री नभएमा भने चैत २७ गतेसम्म भर्न सकिनेछ । यसमा सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । पछिल्लो समय बैंकहरुले अतिरिक्त पुँजी परिचालनका लागि ऋणपत्र जारी गर्ने क्रम बढेको छ ।

यस्तै, केन्द्रीय बैंकको बाध्यकारी व्यवस्था कारण पनि ऋणपत्र जारी गर्नुपर्ने हुन्छ । धितोपत्र बोर्डको व्यवस्था अनुसार कुल निष्कासित इकाईको ४०५ ऋणपत्र अनिवार्य रुपमा सर्वसाधारणमा जारी गर्नुपर्ने हुन्छ ।

IME Life
kumari