stcnepal long ad
ime life insurance
national life
global ime bank long

मुक्तिनाथ विकास बैंकले शैक्षिक तथा खेलकुदको सामाग्री वितरण

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । शुक्रबार, १६ फागुन २०७६

काठमाडौं ।  मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अर्न्तगत भक्तपुर, ठिमी स्थीत श्री प्राणोदय आधारभूत विद्यालयलाई शैक्षिक तथा खेलकुदको सामाग्री वितरण गरेको छ ।

बैकको ठिमी शाखाका प्रमुख दिनेश श्रेष्ठले उक्त सामाग्रीहरु श्री प्राणोदय आधारभूत विद्यालयका प्राधानाध्यापक सरिता अधिकारीलाई हस्तान्तरण गरेका हुन् । बैंकले यस सहयोगबाट विद्यार्थीको सिकाई प्रकियामा थप सहयोग पुग्ने अपेक्षा गरेको छ ।

बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग, आस्वा सेवा, डीम्याट खाता लगायतका सेवाहरु पनि प्रदान गर्दै आई बैंकका प्रमुख सुचना अधिकारी तीलबहादुर गुरुङ्गले जानकारी दिए ।

Advert
IME Lifesidebar
kumari