citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

पत्रकारले मुलधारको बिटमा कलम चलाउनुपर्छ : महासचिव विष्ट

kumari bank
Prabhu Insurance Long Ad
global bank

आर्थिक सञ्जाल । शुक्रबार, १६ फागुन २०७६

काठमाडौं । नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले संख्यात्मक तरिकाले भन्दा पनि गुणात्मक तरिकाले पत्रकार र पत्रकारिताको बिकास हुनुपर्ने बताएका छन् ।

शुक्रबार संवाद चौतारीमा क्रियाशिल दलित पत्रकार संघ नेपालले आयोजना गरेको उपत्यका भेला स्तरीय कार्यक्रममा बोल्दै महासचिव विष्टले दलितका मुद्धा हेर्न र समाधान गर्न दलित समुदायबाट नेतृत्व गर्ने व्यक्तिले मुलधारको बिषयमा कलम चलाउन आग्रह गरेका छन् । भेलाको उद्घाटन सत्रमा बोल्दै महासचिव विष्टले आफूले कस्तो काम गरिरहेको छु, मैले गरेको कामले समाजमा कस्तो प्रवाह परिरहेको छ भन्ने दायित्वबोध नभएसम्म पीडितले न्याय नपाउने र आफू पनि सक्षम नहुने बताएका हुन् ।

एक फरक प्रसङमा महासचिव विष्टले महासंघ दलित पत्रकार लगायत तपाईले काम गर्दै रहेको संघसंस्थाले पारिश्रमिक नियमित दिएको छ वा छैन भनेपनि खबर गर्नुस, हामीले कहाँ के गर्नुपर्छ, हामी तयार छौ । मुलुकका तमाम सञ्चारकर्मीको छाता संगठन भनेको नेपाल पत्रकार महासंघ हो भन्दै मिडिया कानुनको बिषयमा बहस गर्नुपर्ने बताए । उनले पत्रकार महासंघले नेतृत्वमा समावेशीतालाई समावेश गरेको बताएका छन् । साथै कुनैपनि संघसंस्थामा नेतृत्व र समावेशीताले कत्तिको सुनिश्चिता गरेको छ छैन भन्ने विषयमा समिक्षा गर्नुपर्ने आवश्यकता रहेको बताए ।

यस्तै दलितका मुद्दालाई मुलप्रवाहमा ल्याउन र दलित समुदायका पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ क्रियाशिल दलित पत्रकार संघ नेपाल गठन भएको संघका केन्द्रिय अध्यक्ष पवित्रा सुनारले बताइन् । अध्यक्ष सुनारले मिडिया भनेको पावर भएकाले समस्या परेपछि चुप लागेर बस्नु भन्दा मिडियामार्फत आवाज बुलन्द गराउन आग्रह गरिन ।

उद्घाटन सत्रमा बोल्दै अध्यक्ष सुनारले दलित आन्दोलन र पूर्णप्रेस स्वतन्त्रताको आन्दोलनमा दलित समुदायका पत्रकारको सामुहिक पहल कदमीका लागि संघको गठन गरिएको बताउदै दलित पत्रकारको पेशागत हकहित र सुरक्षाका लागि संघले सामूहिक पहल गर्ने बताइन् । यसैबीच क्रियाशिल दलित पत्रकारको उपत्यका भेलाले शोभा सेन्चुरीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

gold
himalayan life insurance long ad