stcnepal long ad
ime life insurance
national life
global ime bank long

सिद्धार्थ बैंक बन्यो ‘नेपाल स्टार’ को बैंकिङ्ग पार्टनर

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । बिहीबार, १५ फागुन २०७६

काठमाडौं । नेपालकै पहिलो रियालिटी शो ‘नेपाल स्टार’ को बैकिङ्ग पार्टनर सिद्धार्थ बैंक बनेको छ । ‘हामी नेपाली हाम्रो आवाज’ नाराका साथ नेपाल टेलिभिजनबाट शुरु हुन गइरहेको सांगीतिक प्रतियोगिता नेपाल स्टारको बैकिङ्ग पार्टनरको रुपमा नेपालको प्रतिष्ठित बैंक सिद्धार्थ बैंक बनेको हो । एक समारोहबीच नेपाल स्टार आयोजक कि एड्भर्टाइजिङ्ग र बैकिङ्ग पार्टनर सिद्धार्थ र्बैकबीच साझेदारी पत्रमा हस्ताक्षर भएको छ ।
साथै, कार्यक्रम प्रस्तोताका रुपमा नेपाल टेलिभिजनका महाप्रबन्धक गोविन्द रोक्काले समेत सहमतिमा ऐक्यवद्धता जनाएका छन् ।
सहमतिपत्रमा हस्ताक्षर गर्दै कार्यक्रम अयोजक कि एड्भर्टाइजिङ्गका प्रबन्ध निर्देशक रविन्द्र कुमार रिजालले पछिल्लो समयमा नेपालमा फ्रेन्चचाइज शो चर्चामा रहेकोमा नेपाल टेलिभिजले आफ्नै उत्पादनमा सातै प्रदेशलाई समेटेर नेपालकै पहिलो रियालिटी शो नेपाल स्टार ल्याउन सफल भएको बताए । राष्ट्रिय कार्यक्रमको रुपमा प्रशारणमा आउन लागेको यस कार्यक्रमले नेपालको स्टार जन्माउने उनले बताए ।
नेपाल स्टार नेपालको सातै प्रदेश र काठमाडौंमा समेत गरी ८ स्थानमा अडिसन भएको र अब छिट्टै एनटिभीबाट प्रसारण हुने समेत उनले बताए । टेलिभिजन च्यानलको अत्याधुनिक प्रबिधि प्रयोग गरि उत्पादन र प्रशारण गरिने कार्यक्रम हो नेपाल स्टार ।
नेपाल टेलिभिजन नेपाल स्टारलाई देशकै स्टारको रुपमा स्थापित गराउने प्रयासका साथ देशभर लोकप्रिय टेलिभिजन नेपालभर सबैभन्दा बढी हेरिने टेलिभिजन हो । स्पष्ट र बुलन्द आवाजमा फुल एचडी मा प्रशारण नेपाल टेलिभिजनको यस कार्यक्रममा सिद्धार्थ बैंकलाई स्वागत गर्न पाउँदा नेपाल टेलिभिजन गौरवान्वित छ र सधै यस्ता कार्यक्रममा सिद्धार्थ र्बैकलाई सदैव स्वागत गर्दछ नेपाल टेलिभिजनका महाप्रबन्धक गोविन्द रोक्काले भने ।
गायनबाट उत्कृष्ट गायन छान्ने यस कार्यक्रमले कलाको उच्च कदर गर्ने कुरा नेपाल स्टारको निर्यायक वरिष्ठ संगीतकार आलोकश्रीले बताए । आज कलाले कदर पाउन थालेको छ र कलाको माग दिनानुदिन बढेदै गइरहेको अवस्थामा हामी राष्ट्रिय कलाकारको खोजिमा निस्केका छोै यस महान अभियानमा बरिष्ठ गायक गायिका रामकृष्ण ढकाल र अन्जु पन्त सहितको हाम्रो टिमले मुर्धन्य कलाकारको खोजि गर्नेछ ।
कार्यक्रममा नेपाल स्टारका निर्णायक मण्डल, बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत, कि इन्टरटेनमेन्टका अध्यक्ष, बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत लगायत अन्यको उपस्थित रहेको थियो ।

IME Lifesidebar
kumari