stcnepal long ad
global ime bank long

विभिन्न निकायमा नियुक्ति :

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । बिहीबार, १५ फागुन २०७६

काठमाडौं । सरकारले नेपाल–बङ्गलादेश वाणिज्य सचिवस्तरीय उच्चस्तरीय संयन्त्रको पाँचौँ बैठकमा सहभागी हुन नेपालको तर्फबाट वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।

यही फागुन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले बङ्गलादेशको ढाकामा हुने सो बैठकमा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव (वाणिज्य तथा आपूर्ति) डा बैकुण्ठ अर्यालको नेतृत्वमा आठ सदस्यीय वार्ता टोली गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले जानकारी दिएका छन् ।

बैठकले काठमाडौँ महानगरपालिका–१४ का शोभा बुढाथोकी र १६ का नारायण नेपाल तथा विराटनगर–४ मोरङका उद्धवचन्द्र घिमिरेलाई नेपाल कानून आयोगको सदस्य पदमा नियुक्त गर्ने निर्णय गरेको छ

यसैगरी राष्ट्रिय न्यायिक प्रतिष्ठानको परिषद्को महिला सदस्यमा रमा श्रेष्ठ (ललितपुर), जनजाति सदस्यमा हरिन्द्र राई (खोटाङ) र दलित सदस्यमा भोजमान लाम्गादे (इलाम) लाई मनोनित गरेको छ ।
समस्याग्रस्त सहकारी संस्था वा सङ्घको व्यवस्थापन समितिको अध्यक्षमा उच्च अदालत, दिपायलका पूर्वमुख्य न्यायाधीश कुमारप्रसाद पोखरेललाई नियुक्त गरेको छ । यस्तै समितिको सदस्यमा टीका बुढाथोकी, ममतादेवी शर्मा उपाध्याय र सरस्वतीदेवी भट्टराईलाई नियुक्ति गर्ने निर्णय गरेको छ । समितिका सदस्य–सचिवमा नेपाल सरकारले तोकेको राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई मनोनित गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री डा खतिवडाले जानकारी दिएका छन् ।

बैठकले सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगका सदस्य पदमा महेन्द्रकुमार थापा क्षेत्री (ललितपुर) लाई नियुक्त गर्न स्वीकृत दिएको छ भने आयोगका सदस्य जगत देउजाले सदस्य पदबाट दिनुभएको राजीनामा स्वीकृत गरेको छ । नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिष्ट्रार पदमा मोतीपुर–३ कपिलवस्तु निवासी पुष्पराज खनाललाई नियुक्त गरिएको छ ।

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालक समितिमा सदस्यमा डा सुनन्दा सुन्दास (भोजपुरं), डा रक्षा श्रेष्ठ र डा कैलाशकुमार भण्डारी (सुनसरी), डा विनयकुमार ठाकुर (धनुषा) तथा रामप्रसाद न्यौपाने र निशा अधिकारी (चितवन) लाई मनोनयन गरिएको छ । नेपाल फार्मेसी परिषद्को रजिष्ट्रार पदमा सञ्जीवकुमार पाण्डेय )महोत्तरी) लाई चार वर्ष पदावधि कायम हुने गरी नियुक्ति गर्ने निर्णय गरेको छ ।

नेपाल कृषि अनुसन्धान परिषद्को सदस्यमा डा स्वयम्प्रकाश श्रेष्ठ, डा युगनाथ घिमिरे, डा विनायकप्रसाद राजभण्डारी, गोविन्द केसी, कृष्णप्रसाद पौडेल, चुन्नप्रसाद शर्मा र यमुना घलेलाई दुई वर्षका लागि मनोनयन गर्ने निर्णय गरेको मन्त्री खतिवडाले जानकारी दिएका छन् । बैठकले ख्वप कलेज अफ इन्जिनियरिङ, लिवाली, भक्तपुरलाई बीई कम्प्युटर–४८ जनासहितको नयाँ थप कार्यक्रम अध्ययन अध्यापन गराउन अस्थायी स्वीकृति प्रदान गरेको उनले जानकारी दिएका छन् ।

IME Lifesidebar
kumari