stcnepal long ad
ime life insurance
national life
global ime bank long

पाटन दरबार क्षेत्रको मन्दिर पुनःस्थापना गर्न हिमालयन बैंकले एक करोड सहयोग

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पाटन दरवार क्षेत्रमा भएको पुरातात्विक महत्वको मन्दिर पुनर्निर्माणको लागि काठमाडौं भ्याली प्रिजर्भेसन ट्रष्टलाई १ करोड प्रदान गरेको छ ।

बैंक संचालक समितिका अध्यक्ष तुलसी प्रसाद गौतमले ट्रष्टका कन्ट्री प्रोग्राम डाइरेक्टर रोहित कुमार रन्जितकारलाई बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक समाहरोका बिच सो सम्बन्धि चेक हस्तान्तरण गरे ।

उक्त अवसरमा बैंकका कार्यकारी अधिकृत अशोक शम्सेर राणा, बैंकका महाप्रबन्धकहरु सुशिल जोशी, अनुप मास्के, सहायक महाप्रबन्धक विपिन हाडा तथा ट्रष्टका संचालक प्रतिमा पाँडेको उपस्थिति थियो । बैंकले आफ्नो स्थापना काल देखिनै स्वास्थ्य, शिक्षा, प्राकृतिक विपत्तिमा परेकाहरु, संस्कृतिक सम्पदाहरुको संरक्षण/पुनस्थापना वित्तिय साक्षरता, वातावरण संरक्षण, जनचेतना, आदि जस्ता क्षेत्रमा सहयोग प्रदान गर्दै आइरहेको छ ।

IME Lifesidebar
kumari