stcnepal long ad
ime life insurance
national life
global ime bank long

प्रधान सेनापतिद्वारा ‘Unity Journal’ दोश्रो संस्करणको विमोचन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । महाशिवरात्री तथा सेना दिवस–२०७७ को अवसरमा नेपाली सेनाले दोश्रो पटक प्रकाशन गरेको सामरिक लेख रचनाहरुको संग्रह’Unity Journal’  दोश्रो संस्करणको २०७७ फाल्गुन २५ गते जंगी अड्डािमा आयोजित एक समारोहका बीच प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले विमोचन गर्नुभएको छ ।

बौद्धिक व्यक्तित्वहरुबाट प्राप्त ४० वटा मध्ये उत्कृष्ट २९ वटा लेख रचनाहरु समावेश गरी प्रकाशन भएको सो जर्नलमा गौरव भट्टराई, फनिन्द्र सुब्बा र महा सेनानी आनन्द सिंह भाट (अ.प्रा.) द्वारा लिखित लेख रचनाहरु क्रमशः प्रथम, द्वितिय र तृतिय हुन सफल भएको थियो ।

उक्त लेखका सर्जकहरुलाई प्रधान सेनापति महारथी पूर्ण चन्द्र थापाले क्रमशः रु.दुई लाख, रु. एक लाख पचास हजार र रु.एक लाख नगद पुरस्कार, मोमेण्टो तथा कदरपत्र प्रदान गर्नु भएको थियो ।

साथै, उक्त विमोचन कार्यक्रममा अन्य २६ वटा लेख तथा रचनाका लेखकहरुलाई रक्षा सचिव रेश्मी राज पाण्डेबाट नगद पुरस्कार, मोमेण्टो तथा कदरपत्र प्रदान गर्नु भएको थियो ।

उपरथी बालकृष्ण कार्कीको स्वागत मन्तव्य सहित शुरु भएको सो कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार, डिन, प्राध्यापक वर्ग, प्रिन्सिपल तथा कमाण्डाण्टहरु, नेपाली सेनाका भूतपूर्व प्रधानसेनापतिहरु, इतिहास तथा संस्कृति विदहरु, नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरु, युनिटी जर्नलको सम्पादक मण्डल, लेख रचना उपलब्ध गराउने लेखकहरु तथा सञ्‍चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

दोश्रो पटक आयोजना गरिएको खुला सामरिक लेख रचना प्रतियोगिता–२०७७ बाट राष्ट्रका बौद्धिक तथा शिक्षित वर्गमा राष्ट्रिय सुरक्षाका विभिन्न आयामहरुमा खोज र अध्ययन गर्ने बानीको विकास भई राष्ट्रप्रेम तथा राष्ट्रिय सुरक्षा सम्बन्धमा चासो तथा चिन्तन बृद्भि हुँदै जाने विश्वास नेपाली सेनाले लिएको छ ।

IME Lifesidebar
kumari