stcnepal long ad
ime life insurance
national life
global ime bank long

प्रियंका र आयुष्मानले गरे विवाह

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । बिहीबार, १५ फागुन २०७६

काठमाडौं । नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले विवाह गरेका छन्। उनीहरुले बिहीबार जिल्ला अदालत काठमाडौं पुगेर कागजी विवाह गरेका हुन्।

प्रियंकाको जन्मदिनको अवसर पारेर यो जोडीले विवाह गरेको बताइएको छ। अदालतमा पारिवारिक सदस्यको उपस्थितिमा एक अर्कालाई माला लगाइदिएर उनीहरूले आफ्नो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।

प्रियंकाले इन्स्टाग्राम अकाउन्ट मार्फत कानुनअनुसार आफूहरु एक भएको भन्दै सामाजिक संजालमा बिहेको फोटो सेयर गरेकी छन्।

कानुनी रुपमा आज बिवाह गरे पनि प्रियंका र आयुष्मानले सामाजिक रुपमा भने शुक्रबार बिवाह गर्ने र आफन्त, चलचित्रकर्मी र साथीहरुका लागि पनि सोही दिन पार्टी दिने बुझिएको छ ।

IME Lifesidebar
kumari