stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

नेपालमा पनि एक्जिम बैङ्क

Nimb long ad
Prabhu Insurance Long Ad
national life
आर्थिक सञ्जाल । बिहीबार, १५ फागुन २०७६
काठमाडौँ । बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन संशोधन विधेयक माथि संसद छलफल भइरहेका बेला केही विज्ञले निर्यात-आयात (एक्जिम) बैङ्क खोल्ने बाटो फुकाउनु पर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय व्यापार बढेसँगै यसको असन्तुलन पनि चुलिएको लग छ। यस्तो बेला निर्यात प्रवर्द्धन गर्न र लगानी गर्ने बेग्लै संस्था आवश्यक छ। भएको राष्ट्र बैङ्कका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापा बताउँछन्। ‘समयानुकूल वित्तीय क्षेत्रलाई पनि सुधार गर्दै लानुपर्छ, उनी भन्छन्, ‘अनावश्यक लागेका संस्था बन्द गर्ने र आवश्यक संस्था जन्माउने दुवै काम जरुरी छ।’ गत दि वर्ष नै मुलुकको व्यापार घाटा साढे १३ खर्बको हाराहारी पुगिसकेको छ। यो वार्षिक बजेटको हाराहारी हो।

व्यापार असन्तुलन बढेको बेला पुँजी, प्रविधि र सीप भित्र्याउने गरी पी ठुलो संस्था स्थापनामा सरकारले पहल गर्नुपर्ने थापा बताउँछन्। चीनले सन् १९९४ मा निर्यात आयात बैङ्क स्थापना गयो। त्यसपछि सन् २००१ मा विश्व व्यापार  सङ्गठनको सदस्य भएपछि संसारभर निर्यात व्यापारको दबदबा सिर्जना गर्न यो बैङ्कले निकै ठुलो योगदान गर्‍यो। भारतीय निर्यात आयात बैङ्क १९८२ को जनवरी १ मै उद्घाटन भएको थियो। बङ्गलादेशले सन् १९९९ मा एक्जिम बैङ्क स्थापना गयो। अहिले तयारी पोसाकको निर्यातमा यो बैङ्कको भूमिका निकै सशक्त देखिएको छ।

आजको अन्नपूर्ण पोष्ट दैनिकबाट

prabhu mahalaxmi
kumari