stcnepal long ad
global ime bank long

नबिल म्युचुअल फण्ड अन्तर्गतका दुई योजनाको नाफामा वृद्धि

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई योजनाको नाफा बढेको छ ।

नबिल ब्यालेन्सड् फण्ड २ र नबिल इक्वीटी फण्डको नाफा बढेको हो । पुस महीनाको तुलनामा माघ महीनामा नबिल इक्वीटी फण्डको नाफा ९७ प्रतिशत र नबिल ब्यालेन्सड् फण्ड २ को ७६ प्रतिशतले नाफा बढेको छ ।

पुस महीनामा नबिल ब्यालेन्सड् फण्ड २ को नाफा रू. ४ करोड ८३ लाख रहेकोमा माघ महीनामा रू. ८ करोड ५० लाख पुगेको छ ।

त्यस्तै नबिल इक्वीटी फण्डले पुस महीनामा रू. ७ करोड ६८ लाख नाफा गरेकोमा माघ महीनामा यो नाफा रू. १५ करोड १६ लाख पुगेको छ । पुस महीनाको तुलनामा दुवै योजनको प्रतिइकाई खुद मूल्य पनि बढेको छ ।

नबिल इक्वीटी फण्डको प्रतिइकाई खुद मूल्य पुस महीनाको अन्त्यसम्म रू. ९ दशमलव ६३ रहेकोमा माघ महीनाको अन्त्यमा रू. १० दशमलव २३ कायम भएको छ । नबिल ब्यालेन्सड् फण्ड २ कोे खुद मूल्य पुस मसान्तमा रू. १० दशमलव ४८ रहेकोमा यो मूल्य माघ मसान्तमा रू. १० दशमलव ८० पुगेको छ ।

माघ मसान्तसम्म नबिल ब्यालेन्सड् फण्ड २ को लगानीको परल मूल्यभन्दा बजारमूल्य बढी कायम भएको छ भने नबिल इक्वीटी फण्डको लगानीको परल मूल्यभन्दा बजार मूल्य घटेको छ । नबिल ब्यालेन्सड् फण्ड २ को माघ मसान्तसम्म सूचीकृत तथा सूचीकृत हुन बाँकी शेयर, डिबेन्चर तथा मुद्धति निक्षेपमा भएको परल मूल्य रू. ५५ करोड १३ लाख रहेकोमा यसको बजार मूल्य रू. ५९ लाख करोड ३९ लाख कायम भएको छ ।

त्यस्तै, नबिल इक्वीटी फण्डको परल मूल्य रू. १ अर्ब ३४ लाख लाख रहेकोमा यो लगानीको बजारमूल्य घटेर रू. ९० करोड ९१ लाखमा सीमित भएको छ ।

IME Lifesidebar
kumari