sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

चार सचिवको सरुवा तथा पदस्थापन

Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । बुधबार, १४ फागुन २०७६

काठमाडौं । सरकारले चार जना सचिवको सरुवा तथा पदस्थापन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दुई जना सचिवको सरुवा र हालै सचिवमा बढुवा भएका दुईको पदस्थापन गरेको हो ।

राष्ट्रिय योजना आयोगका सचिव लक्ष्मण अर्यालको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ भने कर्णाली प्रदेशका प्रमुख सचिव केवलप्रसाद भण्डारीलाई राष्ट्रिय योजना आयोगमा ल्याइएको छ ।

हालै सचिवमा बढुवा भएका टेकनारायण पाण्डेलाई कर्णाली प्रदेशको प्रमुख सचिवमा र रामकृष्ण सापकोटालाई नेपाल ट्रष्टमा पदस्थापन गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ ।

gold
prabhu bank
nawakantipur long