stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

राष्ट्रिय वाणिज्य बैंकले बाल अस्पताल बनाउन ५० लाख सहयोग

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । बुधबार, १४ फागुन २०७६

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले मुटु रोग विशेषज्ञ डा. भगवान कोईरालाको अगुवाईमा बन्न लागेको बाल अस्पताललाई ५० लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले बाल अस्पताल निर्माणका लागि ५० लाख रुपैयाँको पनि चेक हस्तान्तरण गरेको हाे ।

सो सम्बन्धि राष्ट्रिय वाणिज्य बैंक र काठमाडौं इष्टिच्युट अफ चाइल्ड हेल्थबीच बुधबार सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । बुधबार आयोजित एक कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत ( सीईओ ) किरण कुमार श्रेष्ठ र काठमाडौं इष्टिच्युट अफ चाइल्ड हेल्थका अध्यक्ष डा.भगवान कोइरालाले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।

बैंकका सीईओ श्रेष्ठले बैंकले सधैं शिक्षा स्वास्थ्यमा प्राथमिक दिएको बताउँदै उनले यो अभियानका सरिक हुन पाउँदा खुसी भएको बताए । २७ बैंकमध्ये सबैभन्दा बढी नाफा कमाउने राष्ट्रिय वाणिज्य बैंक रहेको उनले बताए । कुल सहलियतपूर्ण कर्जा वितरणमा रा वा बैंकले ५० प्रतिशत हिस्सा ओगटेको उनको भनाई छ।

५० लाखको चेक बुझ्दै डा.भगवान कोइरालाले सातै प्रदेशमा बाल अस्पताल निर्माण गर्ने बताए । किओचले काठमाडौंसहित ७ वटै प्रदेशमा बाल अस्पताल स्थापना गर्ने योजना बनाएको छ । जसकालागि २ अर्बभन्दा बढी लगानी संकलन गर्ने लक्ष्य लिएको किओचले जानकारी गराएकाे छ ।

kumari bank
kumari
nawakantipur long