stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

एनआईसी एशिया ग्रोथ फण्डको प्रति इकाई खुद सम्पत्ति मूल्य बढ्यो

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । बुधबार, १४ फागुन २०७६

काठमाडौं । माघ मसान्तसम्ममा एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईसी एशिया ग्रोथ फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य बढेको छ । पुस मसान्तसम्म प्रतिइकाई खुद मूल्य रू. १० दशमलव ७२ रहेकोमा माघ मसान्तमा वृद्धि भएर  ११ दशमलव ३३ पुगेको छ ।

माघ मसान्तसम्म एनआईसी एशिया फण्डको लगानीको परल मूल्यभन्दा बजारमूल्य बढी कायम भएको छ । एनआईसी एशिया ग्रोथ फण्डको माघ मसान्तसम्म सूचीकृत तथा सूचीकृत हुन बाँकी शेयर, डिबेन्चर तथा मुद्धति निक्षेपमा भएको परल मूल्य रू. ५८ करोड २ लाख रहेकोमा यसको बजारमूल्य रू. ७४ करोड ५ लाख कायम भएको छ ।

योजनाले माघ मसान्तसम्ममा रू. १० करोड ९७ लाख नाफा गरेको छ । यो नाफा पुस मसान्तसम्मको तुलनामा ८५ प्रतिशतले वृद्धि भएको हो । सो अवधिमा योजनाले रू. ५ करोड ९१ लाख नाफा कमाएको थियो ।

prabhu mahalaxmi
kumari bank
kumari