citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

सनराइज बैंकद्धारा तीन नयाँ शाखारहित बैंकिङ सेवा संचालनमा

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । सनराइज बैंकले उदयपुर र ओखलढुंगामा नयाँ शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ । बैंकले उदयपुरको त्रियुगा नगरपालिका ४ बगाहा, सिद्धिचरण नगरपालिका –४ रुम्जाटार ओखलढुंगा र मानेभञ्ज्याङ्ग गाउँपालिका –४ केत्तुके ओखलढुंगामा एकरएक गरी तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

बैंकिङ सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको स्थानबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत ए।टि।एम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

उक्त शाखाहरुबाट ग्राहकहरुले निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ । हालसम्म बैंकले १३९ वटा शाखा, ६६ वटा शाखारहित बैंकिङ्ग सेवा, १२ वटा एक्सटेन्सन काउण्टर र १६० वटा एटिएम मार्फत ७ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

himalayan life insurance
igi long