‘यो दाजुको मिरमिरे आँखा’ का सर्जक, गन्धर्व संस्कृतिका धरोहर गायकको निधन
kf]v/f, !@ df3M
cn labf wg bfO
kf]v/f dxfgu/kflnsf–!^ af6'n] rf}/ lgjf;L rlr{t ;f/ËL ;h{s Pj+ cu|h nf]ssnfsf/ wgaxfb'/ ufossf] pkrf/sf] qmddf ;f]daf/ laxfg kf]v/f dlgkfn c:ktfndf lgwg . pxfF of] bfh'sf] ld/ld/] cfFvfdf a]nL / rd]nLnufot uLtsf rlr{t ;h{s x'g'x'G5 . kmfOn tl:a/M /flwsf sF8]n÷/f;;
काठमाडौं । गन्धर्व संस्कृतिका धरोहर लोक कलाकार धनबहादुर गायकको निधन भएको छ । गायकको उपचारको क्रममा आज बिहान मणिपाल अस्पताल पोखरामा निधन भएको हो । पोखरा–१६ बाटुलेचौरका गायक ‘यो दाजुको मिरमिरे आँखा’, ‘बेली र चमेली’ लगायत अजर–अमर गीतका सर्जक हुनुहुन्थ्यो ।
विसं २०२१ मा जन्मनुभएका गायक छाती र फोक्सोमा समस्या देखिएपछि मणिपाल मेडिकल कलेज शिक्षण अस्पतालमा सघन उपचार कक्षमा उपचारत हुनुहुन्थ्यो । गन्धर्व संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यका साथ गायकले पछिल्लो समय सारङ्गी संरक्षण पाठशालासमेत चलाउँदै आउनुभएको थियो ।
यो दाजुको मिरमिरे आँखा
कस्तो मेरो बिगार्यो दिमाख
नरोऊ मायालु
……………………….
उहाँ ुलोक संस्कार र संस्कृति बाँचे मात्र आफ्नो पहिचान बाँच्छु भन्नेमा विश्वास गर्नुहुन्थ्यो । गन्धर्व गायनका चर्चित गायक झलकमान गन्धर्वका भाञ्जा गायकले विसं २०६६ मा झलकमान गन्धर्व राष्ट्रिय लोकबाजा सारङ्गी संरक्षण पाठशालाको स्थापना गरेर गन्धर्व संस्कृति संरक्षणमा सक्रिय बन्नुभएको थियो ।
झलकमानले नेपाली मौलिक गीत सङ्गीतको सिर्जना र संरक्षणमा आफ्नो जीवन नै समर्पण गर्नुभयो तर उहाँको योगदानको कदर कहीँ कतैबाट नभएकाले उहाँको स्मृति र सारङ्गी संरक्षणका लागि यस पाठशाला खोलिएको गायकले बताउँदै आउनुभएको थियो ।
एक दशकअघि दुई सारङ्गीबाट सुरु गरिएको त्यस पाठशालामा संरक्षकका रूपमा लोककवि अलिमियाँ प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँ रहनुभएको छ । लोकगीतको संरक्षणमा सक्रिय मियाँले दशकअघि धनबहादुरले जाहेर गरेको इच्छालाई मूर्तरूप दिन १० सारङ्गी प्रदान गरेर गायकलाई हौसला थप्नुभएको थियो । पाठशालामा आठ वर्षदेखि २५ वर्षसम्म उमेर समूहकाहरूले सारङ्गी रेट्न सिकिरहेका छन् ।रासस























