stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

सिटिजन्स बैंकको १०.२५ प्रतिशत ब्यादरको ऋणपत्र फागुन २० देखि आउँदै

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । मंगलबार,१३ फागुन २०७६

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले फागुन २० गतेदेखि रू. २ अर्ब ५० करोड बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १० दशमलव २५ प्रतिशत ब्याजदरमा २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो ।

जसमध्ये रू. १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र सर्वसाधारणका लागि विक्री गर्नेछ । सर्वसाधारणका लागि निष्कासन गरिने कुल ऋणपत्र मध्ये ५ प्रतिशत अर्थात ५० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याएको छ । र बाँकी रू. १ अर्ब ५० करोड बराबरको १५ लाख कित्ता ऋणपत्र भने व्यक्तिगत तवरबाट विक्री खुला गर्ने भएको हो ।

२०८६ मा परिपक्व हुने यो ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतमा ९ लाख ७० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । प्रति ऋणपत्रमूल्य रू. १००० तोकिएको छ ।

विक्री प्रबन्धक नेपाल ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । आवेदकले ग्लोबल आइएमई क्यापिटल लिमिटेड, सिटिजन्स बैंक इन्टरनेसनलका शाखा कार्यालयहरु तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका सि आस्बा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् ।

ऋणपत्रलाई इक्रा नेपालले मध्यम कर्जा जोखिम जनाउने ‘इक्राएनपी एल ट्रिपलबि प्लस’ रेटिङ प्रदान गरेको छ । बैंकले धितोपत्र बोर्डसँग माघ २१ गते स्वीकृति पाएसँगै ऋणपत्र निष्कासन गर्न लागेको हो । बैंकको ऋणपत्रमा छिटोमा फागुन २३ गते तथा ढिलोमा चैत ४ गतेसम्म आबेदन दिन सकिनेछ

prabhu mahalaxmi
kumari bank
kumari