नबिल बैंक र डोटीको सायल गाउँपालिका तथा बैतडीको पञ्चेश्वर गाउँपालिका बिच सम्झौता
काठमाडौं । नबिल बैंक लिमिटेडले स्थानिय बासिन्दाको अर्थिक गतिविधिमा सहयोग पु¥याउने उदेश्य अनुरुप विभिन्न गाउँपालिकामा रहेका शाखा मार्फत स्थानिय निकायसंग समन्वय गरि साना तथा मझौैला ब्यवसायका साथै कृषि सम्बन्धि कार्यक्रममा सहयोग पु¥याउनको लागि स्थानिय निकायसंग सम्झौता गरेको छ ।
सोही उदेश्य अनुरुप २०७७ पुस ५ गते सायल गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेल र २०७७ पुस ६ गते पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरख बहादुर चन्दसंग नबिल बैंकका सहायक महाप्रबन्धक गणेशप्रसाद अवस्थीको उपस्थितिमा बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख दिगेन्द्र चन्द विच एम.ओ.यु मा हस्ताक्षर सम्पन्न भएको छ ।
कार्यक्रम माथि प्रकाश पार्दै नबिल बैंकका सहायक महाप्रबन्धक अवस्थीले नेपाल राष्ट्र बैंकद्वारा जारी निर्देशिका अनुरुप व्यवसायिक कृषि तथा पशुपन्छी र महिला उद्यमशिलतामा आधारित सहुलियत पुर्ण कर्जाको माध्यमबाट स्थानियको आर्थिक विकासमा बैंकले के कस्तो योगदान दिन सक्छ भन्ने विषयमा स्पष्ट पार्नुभयो ।
गाउँपालिकाका अध्यक्षद्वय तेज बहादुर डुम्रेल र गोरखबहादुर चन्दले, बैंक र गाउँपालिका बिचको सम्झौता प्रशंसा योग्य रहेको धारण व्यक्त गर्नुभयो ।
नबिल बैंकले ११९ वटा शाखाहरु, १८५ वटा एटिएमहरुको विशाल संरचना र १५०० भन्दा बढी नबिलरेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत सेवाप्रदान गरेर आफ्ना सबै स्टेकहोल्डरहरु संगै अघि बढ्ने विश्वास राखेको छ ।


























