stcnepal long ad
ime life insurance
national life
global ime bank long

माछापुच्छ्रे बैंकले ‘कर्पोरेट पे’ प्रणाली प्रदान गर्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी ‘कर्पोरेट पे’ प्रणालीको सुरुवात गर्न नेपाल क्लियरिङ्ग हाउस लिमिटेड सँग सम्झौता गरेको छ ।

उक्त सम्झौता पत्रमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।

सम्झौता पश्चात बैंकका व्यावसायिक ग्राहकहरुले ९बिभिन्न संघ संस्था, सरकारी कार्यालयहरु० बैंकको मोवाइल बैंकिङ्ग एप तथा इन्टरनेट बैंकिंङ्ग एप मार्फत बैंकमा नगई जहाँकहिँबाट आफैले फण्ड ट्रान्स्फर, तलब भुक्तानी, विभिन्न सेवाहरुको भुक्तानी, सरकारी राजस्व भुक्तानी लगायतका अन्य विभिन्न व्यावसायिक भुक्तानीहरु खाताबाटै सजिलै गर्न सक्नेछन् ।

उक्त प्रणाली मार्फत कनेक्ट आईपीएस अथवा नेपाल क्लियरिङ हाउस–आईपीएसमा रियल–टाइम वा नन–रियलटाइममा भुक्तानी कारोबारहरु गर्न सकिनेछ ।

साथै यस प्रणालीबाट कारोबार गर्दा बैंक तथा ‘कर्पोरेट पे’ दुबै तर्फबाट सुरक्षाका अधिकतम उपायहरु अपनाईएको हुदाँ माछापुच्छ्रे बैंकको डिजिटल माध्यम मार्फत हुने कारोबार सुरक्षित र भरपर्दो रहनेछन् ।

माछापुच्छ्रे बैंकले सदैव आफ्ना ग्राहकहरुका निम्ति विभिन्न डिजिटल भुक्तानी माध्यमहरु प्रदान गर्दै आएको छ र यस ‘कर्पोरेट पे’ प्रणालीको सुरुवातले बैंकका व्यावसायिक ग्राहकहरुलाई पनि डिजिटल भुक्तानीको सेवा प्रदान गर्न थप टेवा पुग्ने विश्वास गरिएको छ ।

यस प्रणालीको प्रयोग र विस्तार पश्चात बैंक शाखा नपुगी विभिन्न भुक्तानी अन्लाईन नै गर्न सकिने हुँदा व्यावसायिक ग्राहकहरुलाई अझ बढि सहज हुने बैंकले विश्वास लिएको छ ।

 

IME Lifesidebar
kumari