चिनियाँ रक्षा मन्त्रीलाई कम महत्व
काठमाडौ । उत्तरी छिमेकी मुलुक जनगणतन्त्र चीनका राज्यपरिषद् सदस्य एवं रक्षामन्त्री वेइ फेङ्होको ९ घन्टे नेपाल भ्रमण त्यति महत्वपुर्ण नभएको राजनीतिक र कुटनैतिक रूपमा चर्चा भैरहेको छ ।
किनभने चिनियाँ तेस्रो तहका नेता एक दिन पनि नेपाल बसेनन । विहान १० बजे नेपाल आएर सोही दिन साँझ ७ बजे यतैबाट वंगलादेश उडे । चिनियाँ रक्षा मन्त्री फेङहोलाई त्रिभुवन विमानस्थलमा स्वागत गर्न उपप्रधानमन्त्री ईश्वर पोखरेल जानू पर्ने ठाँउमा गृह मन्त्री राम बहादुर थापा बादल गए ।
चिनियाँ रक्षा मन्त्रीलाई अन्य कुनै मन्त्रीले भेटेनन। अर्कोतिर नेपाली सेनाले मात्र भ्रमणलाई महत्व दियो। सेनाले हतियार खरिदका लागि मात्रै चिनियाँ रक्षा मन्त्री फेङहोसगँ जंङगी अड्डामा ३ घन्टा भेट गरि दिवा भोजसम्म गर्यो।
दिउँसो आउने मन्त्री स्तरको पाउनाको दिवा भोज सरकार वा परराष्ट्र मन्त्रालयले आयोजना गर्ने आम प्रचलन भएपनि नेपाल सरकारले कुनै महत्व नदिई सेनाको जिम्मा लगायो ।
चिनियाँ रक्षा मन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई साँझ आधा आधा घण्टा औपचारिक भेट मात्र गरेर फर्किएका छन ।
अर्कोतिर चिनियाँ रक्षा मन्त्रीले सरकारी अधिकारी वाहेक अरूलाई भेटेका छैनन । उता भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला आउदा भने विदेश सचिव भरतराज पौडेल, विदेश मन्त्री प्रदीप कुमार ज्ञवाली, प्रधानमन्त्री केपी शर्मा ओली,राष्ट्रपति विद्यादेवी भण्डारी, प्रमुख प्रतिपक्षी दलका नेता शेर बहादुर देउवा,राष्ट्रिय समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर,उपेन्द्र यादव र राजेन्द्र महतोलाई भेटघाट गरेर गएका थिए ।
यसले गर्दा पनि चिनियाँ रक्षा मन्त्रीको नेपाल भ्रमण र चीन र नेपाल दुवै देशले कम महत्व दिएको देखिन्छ। चिनियाँ रक्षा मन्त्रीको भ्रमणमा चीनले नेपाललाई कुनै सहयोग गर्ने हस्ताक्षर गर्न सकेन,यत्रो ठुलो स्तरको भ्रमण हुँदा पनि प्रत्यक्ष कुनै सहयोग पनि दिएन । यसरी हेर्दा चीनको नेपाल सम्बन्ध कम महत्वमा परेको टिप्पणी कुटनैतिक वृत्तले गरेका छन।






















