कुमारी बैंकको सेयर मूल्य समायोजन
काठमाडौं । कुमारी बैंकको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले बैंकको १०.८५% बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो ।
समायोजनपछिको मूल्य २७३ रुपैयाँ निर्धारण भएको छ । यहि मूल्यलाई आधार मानेर सोमबार बैंकको सेयर कारोबार खुल्नेछ । नेप्सेले अघिल्लो कारोबार दिन आइतबारको अन्तिम कारोबार मूल्य ३०३ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।























