बैंक अफ काठमान्डूको १ अर्ब ६० करोड रुपैयाँको ऋणपत्रले कस्तो पायो रेटिङ ?

आर्थिक सञ्जाल । शुक्रबार, ९ फागुन २०७६
काठमाडौं । बैंक अफ काठमाण्डू (बीओके) ले १ अर्ब ६० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यो ऋणपत्रलाई मध्यम कर्जा जोखिम जनाउने ‘इक्रा एनपी बीबीबी प्लस’ रेटिङ दिएको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा १६ लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो । यसमध्ये ६ लाख ४० हजार इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी ९ लाख ६० हजार इकाई संघसंस्थालाई बिक्री गरिनेछ । यस ऋणपत्रमा वार्षिक १०.२५५ ब्याजदर पाइनेछ । बैंकले १० वर्ष अवधिको ‘बीओके ऋणपत्र–२०८६’ ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट एन्ड बैकिङ लिमिटेडले गर्नेछ । अब नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि बिक्री प्रक्रिया अघि बढ्नेछ । धितोपत्र बोर्डको व्यवस्था अनुसार कुल निष्कासित इकाईको ४०५ ऋणपत्र अनिवार्य रुपमा सर्वसाधारणमा जारी गर्नुपर्छ । पछिल्लो समय वाणिज्य बैंकहरु धमाधम रुपमा ऋणपत्रका लागि तयारी गरीरहेको छन् । जारी ऋणपत्रको १००५ कर्जा प्रवाह गर्न पाइने भएकाले पनि थप उत्साह बढेको हो ।