macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

खप्तड गोल्डकप फुटबल प्रतियोगिता आजदेखि

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

आर्थिक सञ्जाल । शुक्रबार, ९ फागुन २०७६
धनगढी । ‘नेपाल आइस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकप फुटबल प्रतियोगिता २०७६’ को तयारी पूरा भएको छ । आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लबले बिहीबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै स्थानीय रङ्गशालामा आज शुक्रबारदेखि आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको जनाएको छ ।                                                                आयोजक क्लबका अध्यक्ष सुरेश हमालले प्रतियोगिताको उदघाटन खेलमा वाग्मती क्लब सिराहा र कञ्चनजङ्घा फुटबल क्लब भारतबीच प्रतिस्पर्धा हुने जानकारी दिएका थिए । प्रतियोगिताको विजेतालाई रु २१ लाख एक तथा उपविजेतालाई रु १० लाख एक सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।                                                                          प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई मोटरसाइकल, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई जनही रु १५ हजार र प्रत्येक खेलको म्यान अफ दि म्याचलाई जनही रु १० हजार पुरस्कार प्रदान गरिने छ । प्रतियोगितको आयोजनामा रु एक करोड ५० लाख खर्च हुने अनुमान गरिएको छ । सुदूरपश्चिम खप्तड गोल्डकप सुदूरपश्चिम प्रदेशका हुने एकमात्रै गोल्डकप हो ।                      ‘सुदूरपश्चिम प्रदेशको पहिचान, फुटबल विकासको अभियान’ भन्ने नारा सहित सुदूरपश्चिम– ११ स्पोर्टस क्लबले विगत चार वर्षदेखि यो प्रतियोगिताको आयोजना गर्दै आएको छ ।

९ फागुन २०७६, शुक्रवार १०:३१ बजे प्रकाशित

NTA long ad