citizens life insurance long ad
stcnepal long ad

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आज एजीएम

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको दोस्रो वार्षिक साधारण सभा आज मंसिर ३ गते  बुधबार ३ गते हुने भएको छ । सभा बैंकको रजिष्टर्ड कार्यालय बानेश्वर, काठमाडौंमा दिउसो ४ बजे सुरु हुनेछ । साधारण सभामा बैंकले अघिल्लो सभामा पेश गरिएको एजेन्डालाई नै निरन्तरता दिदैंछ ।

बैंकले यस अघिको सभाबाट नै आइपीओ जारी गर्ने प्रस्ताव पारित गरेपनि सेयर निष्कासन कार्यले मूर्तरुप नलिएको हुनाले फेरि प्रस्ताव पारित गरिने बताएको हो ।

कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्नुपरेमा सो को अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि छ । सभाले आर्थिक वर्ष ७६/७७ को सञ्चालक समितिको प्रतिवेदन तथा वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ ।

यस्तै, आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने एजेन्डा पनि छ । हाल यस बैंकको चुक्ता पुँजी १२ अर्ब रहेकोमा आईपीओ निष्काशनपछि पुँजी २० अर्ब पुग्नेछ । यसले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आइपीओ ल्याउँदैछ ।

IME Life
kumari