शिखर इन्स्योरेन्सको नाफामा सामान्य वृद्धि
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा शिखर इन्स्योरेन्सको नाफा ०.७३% ले बढेर १२ करोड २३ लाख २ हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्षको यसैअवधिमा शिख इन्स्योरेन्सले १२ करोड १४ लाख १५ हजार रुपैयाँ नाफा कमाएको थियो । असोज मसान्तसम्म आइपुग्दा कम्पनीको बिमा कोषको आकार पनि बढेको छ ।
इन्स्योरेन्सको बिमा कोष ५.७८% ले बढेर १ अर्ब ११ करोड ८४ लाख ६२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा इन्स्योरेन्सको बिमा कोषको आकार १ अर्ब ५ करोड ७३ लाख १० हजार रुपैयाँ थियो ।
यता, गत वर्ष ४५ करोड ८३ लाख ३५ हजार रुपैयाँ रहेको खुद बिमा शुल्क यो वर्ष ४३ करोड ४० लाख ३८ हजार रुपैयाँमा सीमित भएको छ ।
असोज मसान्तसम्म आइपुग्दा इन्स्योरेन्सले कुल ३६ करोड २७ लाख ९५ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ । भुक्तानी हुन बाँकी रकम ८४ करोड ९५ लाख ९२ हजार रुपैयाँ छ ।
यसअवधिमा इन्सुरेन्सको प्रतिसेयर आम्दानी वार्षिक ३५ रुपैयाँ ५ पैसा र प्रतिसेयर नेटवर्थ २६० रुपैयाँ ५ पैसा छ ।























