citizens life insurance long ad
stcnepal long ad

माछापुच्छ्रे् बैंकको नाफामा सामान्य गिरावट

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा माछापुच्छ्रे् बैंकको नाफामा सामान्य गिरावट आएको छ । यसअवधिमा बैंकको खुद नाफा ४.०१% ले घटेर ३६ करोड ९ लाख ९ हजार रुपैयाँमा सीमित भएको छ ।

गत वर्ष यसैअवधिमा बैंकले ३७ करोड ६० लाख ५ हजार रुपैयाँ नाफा कमाएको थियो । असोज मसान्तसम्म आइपुग्दा बैंकको वितरण योग्य नाफा ५५.७३% ले घटेर ६ करोड ६६ लाख ३३ हजार रुपैयाँमा सीमित भएको छ ।

यसअवधिमा बैंकको खुद ब्याज आम्दानी ०।३०५ ले बढेर ९५ करोड ५३ लाख ९१ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा भने ६.२४% ले घटेर ५२ करोड ३३ लाख १८ हजार रुपैयाँमा सीमित भएको छ । बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ०७ पैसा र प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ छ । खराब कर्जा ०.११% ले बढेर ०.४२% पुगेको छ ।

IME Life
kumari