citizens life insurance long ad
stcnepal long ad

मेगा बैंकको नाफा ३८.९७% ले बढे

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा मेगा बैंकको नाफा ३८.९७% ले बढेर ६० करोड ७९ लाख ३ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको यसैअवधिमा बैंकले ४३ करोड ७४ लाख ७ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो । असोज मसान्तसम्म आइपुग्दा बैंकको वितरणयोग्य नाफा भने ८२.९०% ले घटेर ५ करोड ५६ लाख ६२ हजार रुपैयाँमा सीमित भएको छ ।

यसअवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेकाले खुद नाफा बढ्न टेवा पुगेको हो । साथै, बैंकको खराब कर्जा पनि घटेको छ ।

असोज मसान्तसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी २६.२८% ले बढेर १ अर्ब ३३ करोड १४ लाख ९१ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा ४०.९८% ले बढेर ८८ करोड ३४ लाख ४४ हजार रुपैयाँ पुगेको छ ।

असोज मसान्तसम्म आइपुग्दा खराब कर्जा ०।४१५ ले घटेर १।०१५ मा सीमित भएको छ । अघिल्लो वर्ष यसैअवधिमा बैंकको खराब कर्जा १.४२% थियो । यता, प्रतिसेयर आम्दानी १ रुपैयाँ ७३ पैसाले बढे १८ रुपैयाँ २१ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १४० रुपैयाँ ४८ पैसा छ ।

IME Life
kumari