stcnepal long ad
ime life insurance
national life
global ime bank long

ग्लोबल आइएमई बैंकको नाफा ४० प्रतिशतले बढ्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले १ अर्ब ५ करोड ८८ लाख ४० हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा ४० दशमलव ५८ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ७५ करोड ३१ लाख ४४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

त्यस्तै, बैंकको चुक्ता पूँजी १८ अर्ब ९७ करोड ५८ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ९ अर्ब २६ करोड ७१ लाख ७६ हजार रुपैयाँ संचिती रहेको छ ।

चालु आथिृक वर्षको पहिलो त्रैमासमा बैंकले २ अर्ब ५९ करोड ३६ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षको यसै अवधिको तुलनामा ६५ दशमलव ७५ प्रतिशले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ५६ करोड ४७ लाख २७ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

समिक्षा अवधिमा बैंकले १ अर्ब ४७ करोड ५२ लाख ८६ हजार रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । उक्त मुनाफा रकम गत वर्षको यसै अवधिको तुलनामा ४१ दशमलव ५३ प्रतिशतले धेरै हो ।

गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ४ करोड २३ लाख ७४ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।

समिक्षा अवधिमा बैंकले २ खर्ब २४ अर्ब २३ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ९५ अर्ब ७३ रुपैयाँ कर्जा लगानी गरेको छ । प्रतिशेयर आम्दानी २२ रुपैयाँ ३२ पैसा र प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ ५९ पैसा रहेको छ ।

IME Lifesidebar
kumari