बैंक तथा बीमा कम्पनीहरुका सबै शाखाहरु आजदेखि खुल्दै
Cartoon retro bank building or courthouse with columns vector illustration isolated on white background. Bank building architecture with column
काठमाडौं । आजदेखि दशैंमा बन्द भएका सबै बैंक तथा बीमा कम्पनीका शाखा कार्यालयहरु खुल्ने भएका छन् । नेपाल बैंकर्स संघले बैंकका सबै शाखा कार्यालयहरु आजबाट खुल्ने जनाएको छ ।
यसअघि दशैंमा समेत बैंकिङ सेवा बन्द नगरेका बैकहरुले यस पटक कोरोना भाइरसको महामारीका बीचमा सेवा प्रवाह गर्न नसकिने भएपछि गत शुक्रबारदेखि नै देशैभरिका सबै बैंकका शाखाहरु बन्द गरेका थिए ।
दशैंमा सेवा प्रवाह रोकिँदा धेरैका कारोबार रोकिन पुगेकोमा आजदेखि सबै सबै सुचारु हुने जनाइएको छ । बैंकर्स संघले सूचना निकालेर दशैंको समयमा बैंकका शाखा कार्यालय सुचारु नहुने हुँदा डिजिटल कारोबार गर्न सुझाव दिएको थियो ।
उता, पाँच दिन लामो बिदा सकिएपछि आजदेखि बीमा कम्पनीका सबै शाखा कार्यालयहरु पनि खुल्ला हुँदैछन् । नेपाल बीमक संघका अनुसार आजदेखि सम्भव भएका शाखा कार्यालयहरु खुल्ला गरी सेवा प्रवाह सुचारु हुनेछन् । त्यस्तै जीवन बीमा कम्पनीका शाखा कार्यालयहरु पनि आजैदेखि सुचारु हुनेछन् ।
जीवन बीमा कम्पनीहरुले दशैंमा हुने बीमा गतिविधिलाई उच्च प्राथमिकता राख्दै शाखा कार्यालयहरु आजैदेखि सुचारु हुने जनाएका छन् ।























