stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

कात्तिक १९ गते भारतीय सेनाध्यक्ष नरवणे नेपाल आउँदै

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। नेपाली सेनाले भारतीय सेनाध्यक्ष जनरल एम एम नरवणेको नेपाल भ्रमणको तालिका सार्वजनिक गरेको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले भारतीय सेनाध्यक्ष नरवणे कात्तिक १९ गते नेपाल आउनु हुने जनाएको छ ।
प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणमा सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे चार सदस्यीय भ्रमण दलका साथ नेपाल आउनु हुने जनसम्पर्क तथा सूचना निर्देशनालयले एक विज्ञप्ति जारी गरी उल्लेख गरेको छ ।

तीन दिवसीय भ्रमणका क्रममा जनरल नरवणेले सैनिक मञ्चको वीर सैनिक स्मारकमा श्रद्धाञ्जली अपर्ण गरेपछि जंगी अड्डामा सम्मान गारद निरीक्षण तथा आफ्ना समकक्षी महारथी थापासँग छलफल लगायत कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणकै क्रममा नरवणेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले एक विशेष समारोह बीच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नुहुने नेपाली सेनाको जनसम्पर्क निर्देशनालयले उल्लेख गरेको छ ।

भ्रमणकै क्रममा उहाँले प्रधानमन्त्री तथा रक्षामन्त्री केपी शर्मा ओलीसँग औपचारिक भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ । भारतीय सेनाअध्यक्ष कात्तिक २१ गते स्वदेश फर्किनु हुनेछ ।

prabhu mahalaxmi
kumari