सिटिजन्स बैंकको “डिजिटल दक्षिणा दिऊँ, क्यास व्याक लिऊँ” योजना सार्वजनिक
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले”डिजिटल दक्षिणा दिऊँ, क्यास व्याक लिऊँ” योजना सार्वजनिक गरेको छ । बैंकका ग्राहकहरुले मोबाइल बैकिङ्गमार्फत दशैमा दक्षिणा पठाउँदा २५% सम्म क्यास ब्याक प्राप्त गर्ने भएका छन् ।
बैंकका मोबाइल बैकिङ्ग प्रयोगकर्ताहरुले दशैंको दिन देखि द्वादशी सम्म तिन पटक गरी रु ५०० भन्दा बढी दक्षिणा पठाएमा सो क्यास ब्याक प्राप्तग र्न सक्नेछन् ।
यसरी दक्षिणा पठाउँदा बिबरणमा भने “दक्षिणा” भनी खुलाउन पर्नेछ । महान चाड दशैलाई लक्षित गरि ल्याइएको यस योजनाबाट डिजिटल बैंकिङ्ग सभ्यताको विकास हुने र कोभिड नियन्त्रण बिरुद्धको यात्रामा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १११ वटा शाखा, ९९ वटा ए.टि.एम. र १०४ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव साढे ६ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । कोरोना भाइरस (COVID-19) को महामारीबाट सम्पूर्णविश्वनै आक्रान्त बनेको अवस्थामा यस बैंकले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानी पूर्वक आफ्ना आदरणीय ग्राहक महानुभावहरुको वित्तीय आवश्यकताहरु डिजिटली प्रदान गरिरहेको छ ।
साथै कोभिड १९ को त्रास अझै पनि कायम रहेको अवस्थालाई मध्यनजर गर्दै ग्राहक महानुभावहरुलाई सकेसम्म बैंकमा नआइक नै बैकिङ्ग सुबिधा प्राप्त गर्न सहज होस् भनी बैंकले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ्ग एपमा लग–ईन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न Scan & Withdraw सेवा, मोबाइल बैंकिङ्गको पिन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झटबाट मुक्तहुन घरबाटै पिन रिसेट गर्न सकिने जस्ता सेवाहरुको थालनि गरेको छ । यसका साथै दशैलाई लक्षितगरि बैंकले डिजिटल सहायता केन्द्रको समेत ब्यवस्था गरेको छ ।

























