सानिमा बैंकको विशेष योजना, महाशिवरात्रिमा खाता खोल्दा डेबिट कार्ड र मोबाइल बैंकिङ निःशुल्क

६ फागुन २०७६, मंगलवार,
काठमाडौं । सानिमा बैंक लिमिटेडले महाशिवरात्रिको उपलक्ष्यमा आफ्नाहरुलाई विशेष योजना स्वरुप विभिन्न छुट प्रदान गर्ने भएको छ । बैंकले आफ्ना नयाँ तथा पुराना ग्राहकहरुलाई लक्षित गर्दै तीन दिनको लागि आफ्ना डेबिट कार्ड र मोबाइल बैंकिङ सेवामा जारी शुल्क नलाग्ने व्यवस्था गरेको छ । यो योजना अन्तर्गत बिवाहित दम्पतीले खाता खोली डेबिट कार्ड र मोबाइल बैंकिङ आवेदन गर्दा एक जनाले डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा निःशुल्क पाउने छन् । साथै, यो योजनामा महिला ग्राहकले रु. १०० को नेपाल टेलिकम वा एनसेलको टप अप पनि पाउने छन् । यो योजना फागुन ७ देखि ११ गतेसम्मका लागि मात्र लागु गरिएको बैंकले जनाएको छ ।