citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

आरआरमा दुई विद्यार्थी समूहबीच कुटाकुट

kumari bank
Prabhu Insurance Long Ad
global bank

आर्थिक सञ्जाल – ५ फाल्गुन २०७६, सोमबार काठमाडौं ।

काठमाडौंको प्रदर्शनी मार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर क्याम्पस) का दुई विद्यार्थी समूहबीच कुटाकुट भएको छ । सोमबार बिहान दुई समूहबीच कुटाकुट भएपछि प्रहरी परिचालन गरिएको छ ।
नेपाल विद्यार्थी संघ(नेविसंघ) ले आफ्ना कार्यकर्तामाथि अनेरास्ववियूले आक्रमण गरेको दाबी गरेको छ । तर अनेरास्ववियूले भने झगडा सांगठानिक नभएको बताएको छ ।
नेविसंघ महामन्त्री दीपक भट्टराईले कक्षा कोठामा पढ्न जाँदै गरेका आविष्कार पौडेल, सुमन खड्का र कुशल बस्नेतमाथि आक्रमण भएको जानकारी दिएका छन् ।
प्रहरीले घटनापछि नेविसंघ समर्थित विद्यार्थीलाई नियन्त्रणमा लिएको उनले बताए । पुष्कर बास्तोला, सञ्जिव ढकाल, सुनिल शर्मा, रामजी बस्नेत, उमेश गुरूङ र विकु खड्कालाई नियन्त्रणमा लिएर महेन्द्र पुलिस क्लव भृकुटीमण्डपमा राखेको छ ।
अखिलका नेता आरसी लामिछानेले दुई समुहबीच झगडा भए पनि सांगठानिक नभएको बताएका छन ।

gold
himalayan life insurance long ad