stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

मेगा बैंकको १८ लाख ४० हजार कित्ता सेयर लिलामी खुला

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आज आइतबार असोज ११ गतेबाट मेगा बैंकले  १८ लाख ४० हजार ७३९.६३ कित्ता सेयर लिलामी बिक्री खुला गरेको छ । बैंकले संस्थापक समूहको ११ लाख ३३ हजार ३४४।७० कित्ता र सर्वसाधारण समूहको ७ लाख ७ हजार ३९४।६३ कित्ता सेयर लिलामी मार्फत बिक्रीमा ल्याएको हो ।

लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । न्यूनतम १ सय कित्तादेखि अधिकतम १० लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन दिने अन्तिम म्याद असोज १८ गतेसम्म रहेको छ ।

यसअघि बैंकले २०७४ भदौ २७ गतेदेखि कात्तिक १४ गतेसम्म ६५५ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । जसमा १८ लाख ४० हजार ७३९.६३ कित्ता सेयरमा आवेदन परेको थिएन । सोही बाँकी सेयर बैंकले अहिले लिलामीमा ल्याइएको हो ।

यसमा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स त्रिपुरेश्वर काठमाडौं र मेगा बैंकका देशभरका अधिकांश शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

prabhu mahalaxmi
kumari