stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

२० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्काशन गर्दै नेपाल राष्ट्र बैंक

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आगामी असोज ११ गते  आईतबारदेखि नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोल मार्फत बिक्री गर्ने भएको छ। राष्ट्र बैंकले ९ वर्षे अवधिको विकास ऋणपत्र २०८६ ‘घ’ बोलकबोल मार्फत बिक्री गर्न लागेको हो।

यो ऋणपत्रमा आवेदकले आईतबार दिउँसो ३ बजेसम्म राष्ट्र बैंकको अनलाइन बिडिङ प्रणाली मार्फत इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलपत्र पेश गर्न सक्नेछन्।

लगानीकर्ताले घटीमा ५० हजार रुपैयाँ र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जान अंकमा बोलपत्र पेस गर्नुपर्नेछ।यो ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रिया अन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाका रुपमा मात्र भाग लिन सक्नेछन्।

प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलाई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात १७ अर्ब र ३ अर्ब रुपैयाँ छुट्याइएको छ। यो ऋणपत्रको निष्काशन २०७७ असोज १२ गते हुनेछ। साँवा भुक्तानी २०८६ असोज १२ गते हुनेछ।

prabhu mahalaxmi
kumari