गृह मन्त्रालयले नेपाल उद्योग वाणिज्य महासंघको मंसिरमा साधारणसभा गर्न सहमति दिए
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघलाई ५४औं साधारणसभा गर्न गृह मन्त्रालयले सहमति दिएको छ। गृह मन्त्रालयले महासंघको ५४ औं साधरण सभाका लागि तय भएको मंसिर ११ र १२ गतेका लागि सहमति दिएको हो।
गृहले विद्युतीय माध्यमबाट एक पटकमा २५ जनाभन्दा बढी नहुने गरी सामाजिक दूरी कायम गर्दै स्वास्थ्य सम्बन्धित मापदण्ड पालन गरेर साधरण सभा गर्न सहमति दिएको हो। गृहले सहमति दिएसँगैं महासंघको ५४औं साधरण सभा हुने निश्चित भएको छ।
























