stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

मेगा बैंकबाट विद्यार्थीलाई वित्तीय साक्षरता कार्यक्रम

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल काठमाडौँ, २ फागुन । मेगा बैंक नेपाल लिमिटेडले कालिकोटका विद्यार्थीहरुका लागि वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।

कालिकोटको खाडाचक्र नगरपालिकाको ताडीस्थित जनजीवन माध्यमिक विद्यालयका विद्यार्थीहरुका लागि मेगा बैंकले वित्तीय साक्षरता कार्यक्रम गरेको हो । मेगा बैंकका कालिकोट शाखा प्रबन्धक धनराज पौडेलले वित्तीय साक्षरता र वित्तीय जागरण, दैनिक जीवनमा बैंकको महत्व, आर्थिक समृद्धिका लागि बैैंकिङ सेवाको महत्वका साथै मेगा बैंकका बचत तथा कर्जा योजना, बैंकको नेटवर्क, वित्तीय कारोबार, भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमुलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्यूनीकरण लगायतका विषयमा जानकारी गराएका थिए ।
विद्यालय व्यवस्थापन समितिका कार्यबहाक अध्यक्ष दानबहादुर विश्वकर्माले विद्यार्थी र शिक्षकहरुलाई वित्तीय जागरण गराइदिएकोमा मेगा बैंकलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तै कार्यक्रमको निरन्तरताका लागि आग्रह गरेका थिए ।

prabhu mahalaxmi
kumari bank
kumari