evrest bank
stcnepal long ad
national life
global bank
nabil bank

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

Prabhu Insurance Long Ad
global bank

झापा, २ फागुन
जिल्ला अदालत झापाको २०७३ चैत २९ गतेको फैसला अनुसार ठगी मुद्दामा १ वर्ष कैद र १२ लाख २१ हजार ४ सय ४७ रुपैयाँ सजाय भई फरार रहेका २ जना प्रतिबादीहरुलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बुद्धशान्ति गाउँपालिका ४का मुगाधन राई र टिका काम्बाङ लिम्बु रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरीले इलाम जिल्लामा लुकिछिपी बसेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ दुवै जनालाई जिल्ला अदालत झापामा दाखिला गरेकोमा सोही अदालतको आदेशले जिल्ला कारागार कार्यालय चन्द्रगढी झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

igi long
himalayan life insurance long ad