stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

एकैदिन ल्यायो गरिमा विकास बैंकले ६ वटा नयाँ शाखा सञ्चालनमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । गरिमा विकास बैंकले एकैदिन ६ वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । बैंकले असोज १ गतेमात्रै काठमाडौं उपत्यका भित्र र बाहिर गरी देशका विभिन्न स्थानमा शाखा विस्तार गरी सञ्चालनमा ल्याएको हो ।

बैंकले उपत्यका बाहिर नवलपुरको गैडाकोट, रुपन्देहीको कोटिहवा, रौतहटको चन्द्रपुर, धनुषाको जनकपुर र उपत्यका भित्र काठमाडौको ढुङगेधारा तथा ललितपुरको इमाडोल गरी एकैदिन ६ वटा शाखा कार्यालयहरु संचालनमा ल्याएको हो ।

यससंगै विकास बैंकले काठमाडौं उपत्यकाभित्र १३ वटा शाखा सहित देशभर सबै प्रदेशमा ९७ शाखा, ५१ एटीएम र गरिमा रेमिटका १० हजारभन्दा बढी एजेण्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

prabhu mahalaxmi
kumari