stcnepal long ad
ime life insurance
national life
global ime bank long

एन आई सी एशिया बैंकका सञ्चालक संघईलाई सीआईपी सम्मान

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

१ फागुन २०७६ काठमाडौं । एन आई सी एशिया बैंकका सञ्चालक रामचन्द्र संघईलाई मुलुकको अर्थतन्त्रमा उल्लेख्य योगदान पु–याए वापत नेपाल सरकारको “महत्वपूर्ण व्यावसायिक व्यक्ति” (Commerclliay Important Person-CIP) सम्मानबाट विभूषित गरेको छ । सीआईपी सम्मान निजी क्षेत्रलाई सरकारले प्रदान गर्ने सबै भन्दा ठूलो सम्मान हो । नेपाल सरकारको तर्फबाट उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले गत मंगलवार आयोजना गरेको एक विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकका सञ्चालक रामचन्द्र संघईलाई महत्वपूर्ण व्यावसायिक व्यक्तिको परिचयपत्र, सीआईपी लोगो तथा प्रमाणपत्रले विभूषित गरि सम्मान प्रदान गरेको थियो ।
उनी अध्यक्ष रहेको त्रिवेणी स्पिनिङ मिल्स प्रा.लि. (बारा) नेपालबाट तेस्रो मुलुकमा सबै भन्दा बढि रकमको वस्तु (धागो) निर्यात गर्ने अग्रणी उद्योगको रुपमा रहेकोले उक्त सम्मानबाट वहाँलाई नेपाल सरकारले विभुषित गरेको हो ।
उक्त बैंकका सञ्चालक रामचन्द्र संघई सम्मानित भएको अवसरमा समस्त बैंक परिवारले बधाई ज्ञापन गर्नुका साथै आगामी दिनहरुमा यस्तै कामका लागि थप प्रेरणा मिलोस भन्ने शुभकामना दिएको छ

IME Lifesidebar
kumari