महालक्ष्मी विकास बैंकको बोनस शेयरधनीको हितग्राही खातामा
१ फाल्गुन २०७६, काठमाडौं । महालक्ष्मी विकास बैंकका शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा भएको छ । बैंकले गत कात्तिक २९ गते सम्पन्न १८औं वार्षिक साधारण सभाबाट पारित ८ प्रतिशत बोनस शेयर शेयरधनीको बैंक खाता पठाएको जनाएको छ । बैंकको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । बैंकले साधारण सभाको लागि बुक क्लोज भएको समयसम्म अभौतिक रुपमा शेयर धारण गरेका शेयरधनीको बोनस शेयर हितग्राही खातामा जम्मा गरीसकेको र भौतिक शेयर धारण गरेका शेयरधनीको बोनस शेयर अभौतिकीकरण गराएपछि स्वतः खातामा जम्मा हुने बैंकले सूचना मार्फत जानकारी गराएको छ ।