stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

सेन्चुरी कमर्सियल बैंकको नाफा बढ्यो

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ । सेन्चुरी कमर्सियल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म अधिकांश वित्तीय सूचकमा राम्रो प्रदर्शन गर्न सफल भएको छ।
दोस्रो त्रैमास वित्तीय विवरणअनुसार बैंकले समीक्षा अवधिसम्म खुद नाफा २५.४९ प्रतिशतले बढाउन सफल भएको छ । यो अवधिसम्ममा बैंकले ६५ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष यही अवधिसम्म बैंकको खुद नाफा ५१ करोड ८१ लाख रुपैयाँ रहेको थियो ।
चालु आर्थिक वर्षको ६ महिनासम्म बैंकको वितरणयोग्य मुनाफा ४२ करोड ३० लाख रुपैयाँ रहेको छ ।
दोस्रो त्रैमाससम्म बैंकले ९१ करोड ७ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकको सञ्चालन मुनाफा ७२ करोड ४७ लाख रुपैयाँ रहेको थियो ।
चालु वर्षको ६ महिनामा बैंकले ६१ अर्ब २४ करोड रुपैयाँ निक्षेप संकलन गरी ५९ अर्ब ५० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष यही अवधिसम्म ६० अर्ब २७ करोड रुपैयाँ निक्षेप संकलन गरी ५६ अर्ब ९३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
दोस्रो त्रैमाससम्म बैंकले रिजर्भको आकार १९.९१ प्रतिशतले बढाएको छ। गत वर्ष यही अवधिसम्म १ अर्ब १५ करोड रुपैयाँ रहेको रिजर्भमा समीक्षा अवधिसम्म १ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ ।
बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १५.४५ रुपैयाँ रहेको छ । मूल्य आम्दानी अनुपात (पीई रेसियो) भने ११.५२ गुणा रहेको छ ।

prabhu mahalaxmi
kumari bank
kumari