evrest bank
stcnepal long ad
national life
global bank
nabil bank

१४ विकास बैंकमध्ये मुक्तिनाथको सबैभन्दा बढी नाफा (कसको कति)

Prabhu Insurance Long Ad
global bank

 

आर्थिक सञ्जाल । काठमाडौं, माघ २९

अहिलेसम्म १४ विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । ती मध्ये मुक्तिनाथ विकास बैंकले सबैभन्दा बढी नाफा कमाएको छ ।

मुक्तिनाथले ४७ करोड २५ लाख १२ हजार नाफा गरेर विकास बैंक मध्येकै उत्कृष्ठ नाफा कमाउने विकास बैंक बन्न पुगेको छ । गत वर्ष उक्त विकास बैंकले ४२ करोड ९८ लाख ९ हजार नाफा गरेको थियो ।

मुक्तिनाथलाई गरिमा विकास बैंकले पच्छाउँदै गरेको छ । गरिमा विकास बैंकले ३२ करोड ५५ लाख ३५ हजार नाफा गरेर विकास बैंकमध्ये दोस्रो स्थान हासिल गर्न पुगेको छ । गत वर्ष उक्त बैंकले २९ करोड ५८ लाख ६९ हजार नाफा गरेको थियो ।

महालक्ष्मी विकास बैंक तेस्रो बढी नाफा कमाउने विकास बैंक भएको छ । उक्त विकास बैंकले ३० करोड ५० लाख ७९ हजार नाफा गरेको छ । गत वर्ष महालक्ष्मी विकास बैंकले १९ करोड ७६ लाख ४६ हजार नाफा गरेको थियो ।

यसैगरी, शाइन रेसुंगा विकास बैंकले पुसमसान्तसम्म ३० करोड ७ लाख ९४ हजार नाफा गरेर चौथो बढी नाफा गर्ने विकास बैंक बनेको छ । गत वर्षको सोही अवधिमा उक्त बैंकले १९ करोड ९० लाख ३४ हजार नाफा गरेको थियो ।

लुम्बिनी विकास बैंकले २५ करोड २१ लाख नाफा गरेर पाँचौ बढी नाफा गर्ने विकास बैंक बनेको छ । उक्त विकास बैंकले गत वर्ष २५ करोड ३ लाख ९४ हजार रुपैयाँ नाफा गरेको थियो ।

यसैगरी, मेगा बैंकसँग मर्ज हुन लागेको गण्डकी विकास बैंकले २४ करोड ५० लाख ३७ हजार नाफा गरेको छ। साग्रिला डेभलपमेन्ट बैंकले १९ करोड १३ लाख ६७ हजार रुपैयाँ नाफा गरेको छ ।

कामना सेवा विकास बैंकले १४ करोड ८५ लाख १९ हजार नाफा गरेको छ । उक्त विकास बैंकले गत वर्ष १३ करोड ८१ लाख ६३ हजार नाफा गरेको थियो ।

यसैगरी, एक्सेल डेभलपमेन्ट बैंकले १४ करोड ६९ लाख ७२ हजार नाफा गरेको छ । गत वर्ष उक्त विकास बैंकले ११ करोड ७७ लाख ३४ हजार नाफा गरेको थियो । तिनाउ मिसन डेभलपमेन्ट बैंकले १० करोड ४० लाख ८६ हजार नाफा गरेको छ ।

साथै, मितेरी डेभलपमेन्ट बैंकले ८ करोड ३५ लाख ३ हजार रुपैयाँ नाफा गरेको छ । गत वर्ष उक्त बैंकले ६ करोड ६९ लाख १० हजार नाफा गरेको थियो । सिटिजन्स बैंकसँग मर्ज हुन लागेको सहयोगी विकास बैंकले ५ करोड ५५ लाख ९ हजार रुपैयाँ नाफा गरेको छ ।

यसैगरी, सप्तकोशी डेभलपमेन्ट बैंकले ३ करोड ४ लाख ७ हजार नाफा गरेको छ। गत वर्ष उक्त विकास बैंकले १ करोड ५० लाख ७४ हजार नाफा गरेको थियो ।

यसैगरी, ग्रीन डेभलपमेन्ट बैंकले १ करोड ४ लाख २० हजार नाफा गरेको छ । गत वर्ष उक्त बैंकले १ करोड ८ लाख २८ हजार नाफा गरेको थियो ।
अरु विकास बैंकले पनि वित्तीय विवरण सार्वजनिक गर्ने तयारीमा छन् । निक्षेप संकलन र त्यही अनुसारको कर्जा लगानी गरेका कारण विकास बैंकको नाफा बढेको हो ।

विकास बैंक                                                                           खुद नाफा
१.मुक्तिनाथ विकास बैंक                                                  ४७ करोड २५ लाख १२ हजार
२.गरिमा विकास बैंक                                                      ३२ करोड ५५ लाख ३५ हजार
३.महालक्ष्मी विकास बैंक                                                 ३० करोड ५० लाख ७९ हजार
४.शाइन रेसुंगा विकास बैंक                                              ३० करोड ७ लाख ९४ हजार
५.लुम्बिनी विकास बैंक                                                     २५ करोड २१ लाख
६.कामना सेवा विकास बैंक                                             १४ करोड ८५ लाख १९ हजार
७. एक्सेल डेभलपमेन्ट बैंक                                             १४ हरोड ६९ लाख ७२ हजार
८. मितेरी डेभलपमेन्ट बैंक                                                 ८ करोड ३५ लाख ३ हजार
९.सप्तकोशी डेभलपमेन्ट बैंक                                              ३ करोड ४ लाख ७ हजार
१०.ग्रीन डेभलपमेन्ट बैंकले                                                 १ करोड ४ लाख २० हजार
११.तिनाउ मिसन डेभलपमेन्ट बैंक                                  १० करोड ४६ लाख ८६ हजार
१२.गण्डकी विकास बैंक                                               २४ करोड ५० लाख ३७ हजार
१३.साग्रिला डेभलपमेन्ट बैंक                                          १९ करोड १३ लाख ६७ हजार
१४. सहयोगी विकास बैंक                                                  ५ करोड ५५ लाख ९ हजार

igi long
himalayan life insurance long ad