citizens life insurance long ad
stcnepal long ad

सार्वजनिक बिदामा पनि आरटिजीएस प्रणाली सञ्चालन हुने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदाका दिन पनि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटिजीएस) प्रणाली सञ्चालन गर्ने भएको छ ।

केन्द्रीय बैंकले आज सूचना जारी गर्दै कात्तिक ३० गते बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म आरटिजीएस प्रणाली सञ्चालन हुने जनाएको हो ।

सरकारले छठ पर्वका अवसरमा पर्सि सोमबार सार्वजनिक बिदा दिने निर्णय गरे पनि भुक्तानी प्रणालीलाई निरन्तरता दिन राष्ट्र बैंकले आरटिजीएस सेवा सञ्चालन गर्ने व्यवस्था मिलाएको हो ।

IME Life
kumari