sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

काठमाडौं महानगरले  लुम्बिनी वज्रयान विहारलाई ४ करोडको चेक हस्तान्तरण 

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

 

काठमाडौं । काठमाडौं र लुम्बिनीमा निर्माण भइरहेको नेपाल बज्रयान विहारको निम्ति काठमाडौं महानगरपालिकाको अनुदान स्वरुप ४ करोड २९ लाख १८ हजारको चेक हस्तान्तरण गरेको छ ।
काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले बज्रयान विहारका प्रमुख प्रो डा. नरेश मान बज्राचार्यलाई उक्त चेक हस्तान्तरण गरेका थिए ।
चेक हस्तान्तरणका निम्ति काठमाडौंको खुसिबु स्थित नेपाः बैंक्वेटमा विशेष कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर मनमोहन चौधरी, संंघीय सांसदहरु जीवनराम श्रेष्ठ, बिना श्रेष्ठ , प्रदेश सांसद डा. अजयक्रान्ति शाक्य पूर्वमन्त्री बुद्धिराज बज्राचार्य लगायतका व्यक्तिहरु अतिथिको रुपमा रहेका थिए ।
महाविहार प्रमुख प्रा. डा. नरेशमान बज्राचार्यले भन्नुभयो हाम्रा पूर्खाले धेरै सम्पदा बनाएर गए तर कुनै विदेशी अनुदान लिएको थिएन । त्यसैले हामीले लुम्बिनीमा निर्माण गरेको विहारको निम्ति पनि कुनै सहयोग लिन चाहेनौं र नेपालकै जनताको लगानीमा यो विहार निर्माण गर्दै आएको हो । काठमाडौं महानगरपालिकाले यसलाई अपनत्व सम्झेर हामीलाई आर्थिक अनुदान गरेको छ यो गर्वको विषय हो । यस भन्दा अगाडि नेपाल सरकारको पनि विहारप्रति अपनत्व विकास हुनुपर्छ भनेर हामीले प्रयास गरेका थियौं। हामीले लाचार भएर सहयोग मागेको भने हैन ।
काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीले स्वागत मन्तव्य राख्दै महानगर पालिकाको सम्पदा क्षेत्रमा गरिरहेको कार्य बारे आफ्नो भनाइ राखेका थिए ।
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले लुम्बिनी विश्व बौद्ध जगतको निम्ति महत्वपूर्ण स्थल हो । त्यहाँ बनिरहेको नेपाली बिहारलाई निर्माण गर्नको निम्ति सहयोग गर्नु हाम्रो पनि दायित्व हो भन्दै मेयर शाक्यले यस विहारको बाँकी निर्माण कार्यको निम्ति पनि आफ्नो महानगरपालिकाले सहयोग गर्ने बताए ।
लुम्बिनी सांस्कृतिक नगरका प्रमुख मनमोहन चौधरीले शुभकामना मन्तव्य राख्दै आफ्नो कार्य क्षेत्र बाहिर गएर लुम्बिनीमा समेत सहयोग पुर्याउने कार्य गरेकोमा काठमाडौं महानगरपालिकालाई धन्यवाद ज्ञापन समेत गरेका थिए ।
लुुुम्बिनी विकास कोषका उपाध्यक्ष मेत्तेय भन्तेले काठमाडौं महानगरपालिकाको अनुदानको सहारना गर्दै लुम्बिनी बिकास कोषले मायादेवी कोष स्थापना गर्न लागेको र यस कोष लुम्बिनीको कार्य सम्पादनमा प्रयोग गर्ने प्रयोग बताए । कार्यक्रमको अन्त्यमा नेपाल वज्रयान विहारका तर्फबाट चक्रेश्वर नरेशमान वज्राचार्यले मेयर विद्यासुन्दर शाक्यलाई लुम्बिनीस्थित वज्रयान विहारमा निर्माण गरिएको चैत्यको प्रतिमूर्ति मायाको चिनोको रुपमा प्रदान गरेका थिए ।

gold
kumari bank
nawakantipur long