stcnepal long ad
ime life insurance
global ime bank long

एनएमबि बैंकले  कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्दै

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । एनएमबि बैंकले अर्को विकास बैंकलाई प्राप्ति गर्ने भएको छ । विगत २५ बर्ष देखि बैंकिङ्ग कारोवार गरिरहेको नेपाल राष्ट्र बैंकबाट “क” वर्गको बैंकिङ्ग कारोबार गर्न इजाजतपत्र प्राप्त एनएमबि बैंक लिमिटेडले बैंकिङ्ग कारोवार गर्दै आइरहेको कञ्चनपुरको महेन्द्रनगर स्थित मुख्य कार्यालय रहेको नेपाल राष्ट्र बैंकबाट “ख” वर्गको बैंकिङ्ग कारोबार गर्न इजाजतपत्र प्राप्त कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्तिका लागि आइतबार सम्झौता सम्पन्न भएको छ ।
कञ्चन डेभलपमेन्ट बैंकको प्राप्तिले राष्ट्रको प्रादेशिक संरचनामा एनएमबि बैंकको सन्तुलित वित्तीय पहँुचको मार्ग्चित्र कोर्न नयाँ आयाम थपिएको छ जसबाट ग्रामीण तथा शहरोन्मुख क्षेत्रमा दिगो वित्तीय सेवा र विकास प्रदान गर्ने उद्देश्य रहेको छ ।
एनएमबि बैंक नेपालको बैंकिङ्ग क्षेत्रमा सफल बैंकको रुपमा पहिचान बनाएको तथा लगातार दुई पटक बैंक अफ दि ईयरले सम्मानित भई ग्राहकहरुलाई प्रभावकारी सेवा दिदै आएको “क” वर्गको बैंक हो भने कञ्चन डेभलपमेन्ट बैंक हालसम्म सक्षम संस्थाको रुपमा सुदूर पश्चिमका सर्वसाधारणहरुलाई प्रभावकारी सेवा प्रदान गर्दै आएको राष्ट्रिय स्तरको “ख” वर्गको बैंक हो ।
एनएमबि बैंकले कञ्चन डेभलपमेन्ट बैंक लि. लाई प्राप्ति गरे पश्चात यस बैंकको सुदूर पश्चिमका प्रदेशमा शाखा संख्या २४ पुग्नेछ भने एक्सटेन्सन काउन्टरको संख्या ४ पुग्नेछ ।

prabhu mahalaxmi
kumari